Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

विराटनगर । जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डललाई नेपाल सरकारले प्रवल जनसेवा श्री (चतुर्थ) पदक प्रदान गर्ने घोषणा गरेको छ ।

संविधान दिवसका अवसरमा मण्डललाई सो पदक दिने घोषणा गरिएको हो ।

जीवन विकास समाज लघुवित्त तथा जीवन विकास समाज अस्पताल र विद्यालय विद्यालय सञ्चालन गरी गरिबी निवारणमा मण्डलले नेतृत्व गरेको संस्थाले सहयोग पुर्याउदै आएको छ ।

समाजको सस्थापक समेत रहेका मण्डल जीवन विकास समाजको स्थापनाकाल देखि नै लघुवित्तद्वारा समाजको आर्थिक रुपान्तरणको लागि सकृय रहेका छन् ।

जीवन विकास समाजले अहिले देशका विभिन्न जिल्लामा लघुवित्तसहित समाजिक कार्य गर्दै आएको छ ।

समाजका अध्यक्ष योगेन्द्र मण्डलले यो पदकले आफूलाई सामाजिक काममा अघि बढ्न थप हौसला दिएको बताए ।

संविधान दिवसको अवसरमा घोषणा गरिएको विभिन्न पदक राष्ट्रपतिद्वारा प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं