Lite Nepal

शुक्रबार, आश्विन ३०, २०७७

काठमाडौं । नेपालमा सीमाको सुरक्षा व्यवस्था बलियो बनाउँदै लैजाने उद्देश्यले सरकारले अब्जरभ ेजन फोर्स (बीओपी) स्थापनामा तीव्रता दिएको छ । चैतयता मात्रै ५० वटा बीओपी स्थापना गरिएको छ ।

भारतसँगको सिमानामा ४४ वटा र चीनसँगको सिमानामा ६ वटा बीओपी थपिएको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए । हाल देशभर सीमामा १ सय ७२ वटा बीओपी स्थापना भएका छन् ।

बीओपीको संख्या भारतीय सीमानामा १ सय ६५ र उत्तरी सीमामा ७ पुगेको छ । प्रवक्ता अर्यालका अनुसार सरकारले २ सय २१ बीओपी बनाउने लक्ष्यका साथ द्रुत गति काम गरिरहेको छ ।

 

स्रोत साधान र जनशक्ति पुगेमा भारतको बराबर बीओपी स्थापना गर्ने सरकारको योजना छ । ५ सय बीओपी स्थापना गर्ने तयारी गृह मन्त्रालयको छ । २ देखि ३ किलोमिटरको दूरीमा बीओपी राख्ने योजना सरकारको छ ।

सशस्त्रले १० हजार थप जनशक्तिको माग सरकारसँग गरेको छ । भन्सार र राजस्वबाट कटौती गरेका ४ हजार ६ सय थप जनशक्ति पनि खटाइएको छ । हाल ३७ हजार सशस्त्र प्रहरीको जनशक्ति छ । २०७५ भदौ २५ सम्ममा सिमानामा मात्रै ८७ बीओपी थिए । दुई वर्षको अन्तरालमा सीमामा दोब्बर बीओपी स्थापना भएका छन् ।

वैशाख ३१ गतेभन्दा पहिला नेपालको पश्चिम सिमानामा एउटै सुरक्षा पोस्ट थिएन । पश्चिम सीमा सुरक्षाबिहीन अवस्थामा थियो । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा प्रकाशनसँगै सरकारले सीमा सुरक्षाका लागि बीओपी थप गर्दै लगेको छ ।

पश्चिममा कञ्चनपुरदेखि दार्चुलासम्मै सीमा सुरक्षाका लागिबीओपी स्थापना गरिएकोे छ । दार्चुलामा ४ वटा बीओपी र एक गुल्म स्थापना भएका छन् । छाङरुमा रहेको बीओपीलाई स्तरोन्नति गरेर गुल्ममा परिणत गरिएको छ । लाली, दुम्लिङ, जोलजिवी, दत्तुमा बीओपी स्थापना भएका छन् । वैशाखअघि दार्चुलामा एउटा पनि बीओपी थिएन ।

टिंकर र माथिल्लो वा तल्लो कौवा क्षेत्रमा बीओपी स्थापना गर्ने तयारी भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । बैतडी र डडेल्धुरामा बीओपी स्थापना भइसकेको छ । चैतमा लकडाउन अघिसम्म पश्चिमी सिमानामा एउटा बीओपी थिएन । पश्चिमका सबै जिल्लाका सिमानामा बीओपी स्थापना भइसकेका छन् ।

भारतसँगको सिमानामा मात्रै होइन चीनसँगको सिमानामा सुरक्षा पोस्ट बनाउन थालेको छ । वैशाखअघि सिन्धुपालचोकको तातोपानीबाहेक अन्य स्थानमा बीओपी थिएन । ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथान्का, दोलखाको लामाबगर, रसुवाको टिमुरे, मुस्ताङको नेचुङ र हुम्लाको हिल्सामा पनि बीओपी स्थापना भएका छन् ।

सीमास्तम्भको निरीक्षण, अनुगमन गर्ने, यसको स्थलगत वस्तुस्थिति केन्द्रमा जाहेर गर्नेलगायत सीमाका सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बीओपीको रहेको सीमाविद कृष्णराज बीसी बताउँछन् ।

पूर्वसचिव एवं नापी विभागका पूर्वमहानिर्देशक बीसी बीओपी परिचालनलाई सशक्त बनाउन सके सीमामा आउने समस्या समाधान हुने बताउँछन् । सुरक्षा विज्ञ संख्या थप गरेरमा मात्रै नहुने बताउँछन् । सीमा सुरक्षा फौजको आधुनिकीकरण गर्नु उनीहरूको तर्क छ । चिसो र गर्मीमा बस्न त्यही किसिमको सुविधाको आवश्यक पर्छ ।

आधुनिक साधान स्रोतसहित सीमा सुरक्षा फौज परिचालन गर्नु पर्ने सुझाव दिन्छन् । विकट र दुर्गम स्थानमा भएकोले उनीहरूको लागि आवश्यक रासनलगायत उपकरण लान ल्याउनका लागि हेलिकप्टरको व्यवस्था हुनु जरुरी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा