Lite Nepal

शुक्रबार, कार्तिक १४, २०७७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ।

पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गरे पनि अहिलेसम्मको तयारीले त्यो संभावना निकै कमजोर देखिएको छ।

अधिकाँश नेताहरूले फागुनमा संभव नहुने भन्दै मिति सार्न सुझाव दिएका छन्। संभवतस् शुक्रबारको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनबारे छलफल भएर निर्णय हुनेछ। महाधिवेशनको मिति सर्ने लगभग निश्‍चितजस्तै भएको एक केन्द्रिय सदस्यले अन्‍नपूर्ण अनलाइनसँग बताए।

असार १३ गतेको केन्द्रीय समितिको बैठकले संशोधित कार्यतालिका पारित गरेको थियो।संशोधित कार्यतालिका अनुसार ०७७ पुस ६ मा गाउँ र नगर वडा अधिवेशन गर्ने, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन गर्ने, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने, पुस १३ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन ९एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन० गर्ने, पुस १६ मा ९एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा० अधिवेशन गर्ने, माघ ६ मा प्रदेश अधिवेशन गर्ने र फागुन ७ देखि १० सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी निर्धारण गरिएको थियो।

महाधिवेशनको क्यालेन्डअनुसार न क्रियाशिल सदस्यता वितरण तथा नेतृत्व चयनको प्रकृया अघि बढ्न सकेको छ न त यसको व्यवस्थापकीय तयारी सुरु भएको छ। महाधिवेशको क्यालेन्डसँगै चर्केको आन्तरिक किचलोले पनि तयारी प्रभावित भएको छ।

कोरोना संक्रमणको महामारीले गर्दा पनि कार्यतालिकाअनुसार स्थानीय तहमा काम हुन सकेको छैन। पहिले नै सक्नुपर्ने संगठन समायोजनको काम अझै सकिएको छैन ।असार मसान्तभित्र पार्टीको अन्तरिम संरचना समायोजनका काम सकाउने अनि साउन मसान्तभित्रै क्रियाशील सदस्यता नविकरण र वितरणको काम सकाउने भनिएको थियो। यी दुवै काम सकिएको छैन। मंसिर २५ सम्म नयाँ क्रियाशील र नवीकरण सदस्यको नामावली केन्द्रीय सभापतिलाई बुझाउने र मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावली अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने उल्लेख गरिएको छ। यो कार्यतालिका अनुसार क्रियाशिल सदस्यताको काम सकिने संभावना छैन।

रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले क्रियाशील सदस्यतासहित १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराइसकेको छ। नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका २७ केन्द्रीय सदस्यको हस्ताक्षसहितको विरोधपत्र दर्ता गराउँदै आफ्ना माग पूरा नभए विरोधका थप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

विधानअनुसार वर्तमान केन्द्रीय समितिको ४ वर्षको कार्यकाल गत फागुनमै सकिएको छ। विधानको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप गर्दै १४औं महाधिवेशन फागुन ७ देखि गर्ने भनी गत माघ १३ गते बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो।

अतिरिक्त एक वर्ष कार्यकाल बढाउन पाउने पार्टी विधानको सुविधा उपयोग गर्दै आएको कांग्रेसले फागुनमा महाधिवेशमा महाधिवेशन गर्न नसके संवैधानले दिएको विशेष मौका गुहार्नुपर्ने अवस्था आउनसक्छ। एक वर्ष म्याद थप्दा पनि हुन नसके विशेष परिस्थितिमा थप छ महिनामा महाधिवेशन गर्नसकिने संवैधानिक व्यवस्थाको बाटो हेरेर कांग्रेस महाधिवेशनको मिति सार्ने आन्तरिक छलफलम लागेको छ।

संविधानले दिएको त्यो सुविधा प्रयोग गर्दा भदौंसम्म महाधिवेश गर्ने नयाँ कार्यतालिकासहितको नयाँ मिति ल्याउन सक्नेछ। संविधानले दिएको अन्तिम मौकाको संघारमा महाधिवेशन मिति तय गर्दा विशेष परिस्थितिका कारण फेरि सार्नुपर्ने अवस्था आए त्यसले ठूलो नैतिक प्रश्‍न खडा हुने र पार्टीको कानुनी अस्तित्व नै विवादमा पर्ने वैशाख वा जेठ भन्दा पर महाधिवेशन सार्न नहुनेमा कांग्रेस नेताहरुको जोड देखिन्छ। कोरोना संक्रमण कम नभए संवैधानिक संकट टार्न कसरी महाधिवेशन गर्ने भन्‍ने विकल्पमा पनि छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं