Lite Nepal

मंगलबार, जेठ १८, २०७८

काठमाडौं । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको छ ।’

बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल भएको छ । बजेट अहिलेको आवश्यकतालाई पूर्ति गर्ने खालको आएको निष्कर्ष पार्टीले निकालेको छ । बजेटले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको विषयलाई सम्बोधन गरेकाले सकारात्मक रहेको समीक्षा भएको उनको भनाइ छ ।

पार्टी एकताका निम्ति नेतृत्वले प्रयत्न गर्ने निर्णय गरेको बैठकले स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई के कारवाही गर्ने भन्ने बारेमा छलफल नगरेको ज्ञवालीको भनाइ छ ।

अझै पार्टी एकताका निम्ति प्रयत्न जारी राख्ने निर्णय भएसँगै कारवाही गर्ने भनिएका नेताको विषयमा कुनै निर्णय नभएको हो ।

एमालेले घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडामाथि कारवाहीको तयारी गरेको थियो।

यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । नेताहरुमाथिको कारवाहीलाई स्थगित गरेर पुन नेताहरुले एकताको प्रयास जारी राखेका छन् । गएराति मात्र एमाले दोस्रो पुस्ताका १० नेताले एकताको विषयमा गम्भीर छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा