ताप्लेजुङ । ताप्लेजुङको सिदिङवाका एक युवक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।
सिदिङ्वा ६ मेहेलका १९ वर्षीय दिनेश चौहान बेपत्ता भएका हुन् ।
मंगलबार विहान ११ बजे आम्बेगुदिन र मेहेले जोड्ने निर्माणधीन पुलको छेउमा रहेका पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको बताइएको छ ।
तेल्लोक र आम्बुगुदिन प्रहरी चौकीबाट प्रहरीको टोलि बेपत्ताको खोजिमा रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।