Lite Nepal

मंगलबार, जेठ १८, २०७८

फिदिम। काभ्रेका पत्रकार नगेन्द्र अधिकारीलाई बुधबार ९२०७८ जेठ १२ गते० अर्का पत्रकार सञ्जय पन्थीको म्यासेज आयो। जुम मिटिङमा जोडिन भनेर पन्थीले पठाएको म्यासेजमा मिटिङमा जोडिनका लागि कोड नम्बर पनि पठाइएको थियो। अधिकारीले कोड नम्बर हेरे र जोडिने प्रयास गरे। तर, उनी जुममा जोडिन सकेनन्।

‘भिडियो कलमा एकजना पत्रकार साथीसँग बोल्दै जुममा जोडिने प्रयास गर्दै थिएँ,’ अधिकारीले भने ‘जुममा जोडिनुको साटो एक्कासी म्यासेन्जर डिस कनेक्ट भयो। फेसबुकमा लग इन गर भनेर देखायो ।’

अधिकारीले मोवाइल र ल्यापटप दुवैरित फेसबुक लग इन गरेका थिए। ल्यापटमा पनि फेसबुक डिसकनेक्ट देखायो। फेसबुक कनेक्ट गर्ने प्रयास गरिरहेका अधिकारीलाई प्रेस युनियनका अध्यक्ष कपिल कोइरालाको फोन आयो। ‘तिमी आँफै मसँग कुरा गर्दैछौ कि अरु कसैले तिम्रो फेसबुक चलाएकोे रु कोइरालाले अधिकारीलाई प्रश्न गरे ‘किन चाहिएको तिमीलाई पैसा रु’

अधिकारीले आफ्नो फेसब ुकह्याक भएको र पैसा आफूले नमागेको उत्तर दिए। त्यही समयमा नगेन्द्रको आइडीबाट कोइरासँग पैसा मागिएको थियो। कोइरालाले पासवर्ड परिवर्तन गर्न सुझाव दिए। फेसबुक ह्याक भएको तीन मिनेटमा अधिकारीले पासवर्ड परिवर्तन गरे। म्यासेन्जर खोलेर हेर्दा पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाको एउटा म्यासेज थियो। ‘भाइमैले पैसा पठाइदिएको छु,’नगेन्द्र छक्क परे, ‘त्यो म्यासेज देखेपछि मलाई शंकालागेर बद्रिराज दाइलाई फोन गरेँ।’

म्यासेन्जरमा भनेको एकाउन्टमा बद्रिराजले ५० हजार पैसा ट्रान्सफर गरिदिए छन्। नगेन्द्रको फेसबुक ह्याक गरेर आफूलाई पैसा मागेको थाहा पाएपछि बेदराज छाँगाबाट खसे। ‘मैले साथीलाई पैसा पठाइदिनु पर्ने थियो, मेरो बैंक एकाउन्टमा समस्या आयो। तपाइसँग छ भने राकेश राईको खातामा पठाइदिनुन भनेर म्यासेज आएको थियो,’ बद्रिराजले भने ‘नगेन्द्रले भनेपछि मैले नपठाउने कुरा भएन, मोवाइलबाट ५० हजार राकेश राईको खातामा तत्काल ट्रान्सफर गरिदिए।’

फोनमा कुराकानी भएपछि मात्र नगेन्द्रको फेसबुक ह्याक भएको बद्रिराजले थाहा पाए। ह्याकरले नगेन्द्रसँग निकट भएका मानिसलाई पैसा मागेको थियो। ‘यो बीचमा मसँग नजिक रहेका अधिकांशलाई पैसा मागिएको रहेछ,’नगेन्द्रले भने। जसमध्ये बद्रिराजले ५० हजार पैसा पठाइसकेका थिए। तीनमिनेटको अवधिमा ह्याकरले उक्तकाम गरेको उनीहरुको भनाइ छ।

सञ्जय पन्थीको म्यासेन्जरबाट नगेन्द्रलाई आएको म्यासेज पनि ह्याकरले नै पठाएको खुलेको छ। जुम मिटिङमा जोडिन नगेन्द्रलाई पठाएको कोड नम्बर नै ह्याकरले पठाएको खुलेको हो। ‘सञ्जय पन्थीको पनि फेसबुक ह्याक गरेर मलाई म्यासेज पठाएको पछिमात्र थाहाभयो,’नगेन्द्रले भने।

बद्रिराजले पठाएको ५० हजार रुपैँया राकेश राईको खातामा जम्माभयो। राईले एनएमबी बैंक फिदिम शाखाबाट पैसा निकाले। फालेलुङ गाँउपालका ६ का राकेश राइलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

‘युवा सन्देश नाम गरेको फेक फेसबुक आइडी चलाउनेसँग राकेशको कनेक्सन देखिन्छ,’ पाँचथरका प्रहरी प्रमुख डीएसपी दानबहादुर थापाले भने, ‘युवा सन्देशबाट आफूलाई उक्त पैसा आएको राकेशको बयान छ।’

युवा सन्देशसँग आफ्नो अनलाइनमा मात्र कुरा हुने गरेको प्रहरीसमक्ष राकेशले बयान दिएका छन्। उनले आफूहरु अनलाइन गेम खेल्ने र अनलाइबाटै डलरको व्यापार गर्ने गरेको बताएका छन्। ‘राकेशले आफ्नो खातामा पैसा आएको स्वीकार गरेका छन्,’ डीएसपी थापाले भने ‘आफूलाई उक्त रकम युवा सन्देशले पठाएको राकेशको बयान छ।’ काठमाडौंमै बस्दै आएका राकेश लकडाउन हुने भएपछि पाँचथर आएका हुन्। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा