Lite Nepal

बुधबार, जेठ १९, २०७८

तेह्रथुम । तेह्रथुमका एक वडासदस्य बहुविवाहको आरोपमा पक्राउ परेका छन् । आठराई गाउँपालिका ६ चुहानडाडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।

वडा सदस्य कन्दङवाले कान्छि श्रीमती ल्याएपछि जेठि श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकी थिईन् । त्यसकै आधारमा प्रहरीले कान्छि श्रीमती हरीकला आचार्यसँगै कन्दङ्वालाई पक्राउ गरेको हो ।

वडा सदस्य कन्दङवाका जेठिबाट ३ जना छोरी र १ छोरा छन् भने हरिकलाका २ छोरा छन् । उजुरीपछी कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरक्षक कोमल ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं