तेह्रथुम । तेह्रथुमका एक वडासदस्य बहुविवाहको आरोपमा पक्राउ परेका छन् । आठराई गाउँपालिका ६ चुहानडाडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।
वडा सदस्य कन्दङवाले कान्छि श्रीमती ल्याएपछि जेठि श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकी थिईन् । त्यसकै आधारमा प्रहरीले कान्छि श्रीमती हरीकला आचार्यसँगै कन्दङ्वालाई पक्राउ गरेको हो ।
वडा सदस्य कन्दङवाका जेठिबाट ३ जना छोरी र १ छोरा छन् भने हरिकलाका २ छोरा छन् । उजुरीपछी कन्दङवा र आचार्यलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरक्षक कोमल ठाकुरले जानकारी दिए ।