Lite Nepal

बिहिबार, जेठ २०, २०७८

उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४ः२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार गरिएको आफन्त विरेन्द्रकुमार मगरले बताए । सामान्य उपचारपछि बिरामीको आग्रहमा उनलाई होमआइसोलेसनमा लगिएको थियो ।

यसअघि श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा दुई छोराको मृत्यु भएको थियो । जेष्ठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुर मश्राङ्गीको विराट मेडिकल कलेज र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कल मश्राङ्गीको नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । दुई साता अघि एकै पटक घरका तीन दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा उपचार गर्दै थिए । योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं