Lite Nepal

बिहिबार, जेठ २०, २०७८

विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर हस्तबहादुर राईको मृत्यु भएको थियो ।

घटनापछि खटिएको प्रहरी टोलीले भरुवा बन्दुक थान १ बरामद गरेको थियो भने लगत्तै प्रतिवादीहरु रुबिन लिम्बू र गजेन्द्रबहादुर राईलाई घरबाटै पक्राउ परेका थिए ।

गरी ज्यान सम्बन्धी र हातहतियार खरखजना कसूरमा अनुसन्धान थालेको प्रहरीले घटनामा संलग्न केराबारी ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धबिर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र मोरङको लेटाङ १ का १९ वर्षीय विपन लिम्बू पक्राउ परेका हुन् ।

लाई पक्राउ गर्नुका साथै जिल्ला मोरङ केराबारी गाउँपालिका ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो तथा पातहरूले छोपी लुकाई राखेको भरूवा बन्दुक थान २, ढुङ्गा माथि पातहरुले छोपी लुकाई राखेको भरुवा वन्दुक थान १ र लेटाङ नगरपालिका वडा नं १ स्थित जंगलको ठुलो ढुङ्गाको ओडारमा लुकाई राखेको भरुवा वन्दुक थान १ फेला पारी जम्मा थान ४ भरुवा वन्दुक बरामद गरी थप अनुसन्धान कार्य भई रहेको ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं