Lite Nepal

बिहिबार, जेठ २०, २०७८

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि बुबा फरार भएका छन् ।

गत मंगलबार घरमा कोही नभएको समयमा ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।

उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको उनले बताए । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडितले बताएकी छिन् ।

बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् ।

बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं