उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि बुबा फरार भएका छन् ।
गत मंगलबार घरमा कोही नभएको समयमा ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् ।
उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको उनले बताए । घरमा कोही नभएको मौकापारी धम्की दिई बलात्कार गरेको पीडितले बताएकी छिन् ।
बलात्कार पछि पनि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् ।
बालिकाको बिहीबार कटारी अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।