Lite Nepal

शुक्रबार, जेठ २१, २०७८

संखुवासभा । मादी नगरपालिका–५ च्याङरिङमा आगलागीबाट एक दम्पतीको मृत्यु भएको छ । आगलागीमा परेर किरियापुत्री बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद दाहालले बताए ।

बुबाको किरियामा बसेका दम्पतीको आगलागीमा परेर गयराति १ बजे मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लाने क्रममा बाटैमा मृत्यु भएको वडा अध्यक्ष दाहालले बताए । उनकी श्रीमती घटनास्थलमै मृत्यु भएको थियो ।

सात दिन अघि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरियामा बसेका थिए । मृतक दम्पती किरियामा बसेका घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घरतर्फ गएको थिए ।

निकै बेर नफर्किएपछि खोजी गर्ने गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयले ढोका फोरेर उनीहरुको खोजी गरेको आफन्तले बताए । ढोका फोडेर हेर्दा राजेन्द्रबाबु आगोमा परेर जलेका थिए भने श्रीमती कमला जलेर मृत अवस्थामा फेला परेको अवस्थामा फेला पारेका थियो ।

ढोका लगाएको अवस्थामा आगालागि भएकाले आत्महत्या भएको हुन सक्ने वडा अध्यक्ष दाहालको भनाई छ । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाको जाँदै छ । बुबा काजकिरियाका लागि चार छोराबुहारी र छोरीसहित १२ जना एकै घरमा बसेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा