Lite Nepal

शुक्रबार, जेठ २१, २०७८

रौतहट । दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट गरिएको छ । विकास पासवान नामका युवकलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो ।

कक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेका हुन् । कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस जम्मा रहेको तस्बिरमा देखिन्छ ।

कुटाइ खाइरहेका युवकले आफूले गल्ती नगरेको भन्दै याचना गरिरहेको दृश्य देखिन्छ । एकजनाले कुटपिट गरिरहेको र अन्य व्यक्ति हेरेर बसेको तस्बिरमा देखिन्छ ।

घटना बिहीबारको हो । शुक्रवार घटना सार्वजनिक भएको छ । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय एक युवतीलाई प्रेमपत्र लेखेपछि कुटपिट भएको आफूले सुनेको बताए ।

वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको जानकारी आफूले पाएको समेत बताए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले कुटपिटबारे दिउँसोसम्म उजूरी नपरेको बताएका छन् । ’कुटाइ खाएका युवकको स्वास्थ्य जाँच भएको छ । जाहेरी आएपछि थप अनुसन्धान हुन्छ,’ एसपी शाहले भने ।

कुटपिटको घटनामा संलग्नको आरोपमा प्रहरीले ५० वर्षका राजदेव गिरी र अरु २ जना पक्राउ गरेको छ । केटी जिस्काएकाले युवकलाई सुधार्नका लागि सामान्य कुटपिट गरेको कुटपिट गर्ने पक्षका व्यक्तिले बताएका छन् भने पीडित युवक पक्षले भने केटी नजिस्काएको, प्रेमपत्र नलेखेको दलित भएकै आधारमा आफू कुटिएको गुनासो गरेका छन् ।

सामाजिक संजालमा कुटपिटको भिडियो र तस्बिर राखेर दोषीलाई कारवाहीको माग गर्दै अधिकारकर्मी, राजनीतिकर्मी तथा स्थानीयले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं