Lite Nepal

मंगलबार, जेठ २५, २०७८

ताप्लेजुङ । पाथीभरा क्षेत्रविकास समितिका अध्यक्षको कोरोना संक्रमणका कारण निधन भएको छ । अध्यक्ष पुष्पबहादुर बरुवालको गएराती अमेरिकाको न्यूयोर्कमा निधन भएको हो ।

केहि दिन अघि संक्रमण देखिएका बरुवालको उपचारकै क्रममा न्युयोर्कमा निधन भएको समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए ।

पारिवारिक भेटघाटका लागि न्युयोर्क पुगेका बरुवाललाई उतै संक्रमित भएका थिए । ताहचल क्याम्पसका सह–प्राध्यापक समेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए ।

समिति ताप्लेजुङको पाथीभरा मन्दिको विकासका लागि सरकारद्धारा गठित समिति हो ।

झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं