Lite Nepal

मंगलबार, जेठ २५, २०७८

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ खोलाघारीमा जंगली च्याउ खाएर दुईजनाको मृत्यु भएको छ ।

तीन जना अझै बिरामी छन् । स्थानीय ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।

जंगलबाट टिपेर ल्याएको च्याउ खाएर जेठ २२ गते बिरामी परेका परिवारका ४ जनामध्ये उपचारको क्रममा झापाको बिएण्डसी अस्पतालमा दुबै जननाको मृत्यु भएको जिल्ला प्रहरी इलामले जाएको छ ।

दुईको जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई, उनकी श्रीमती ३२ वर्षीय बिष्णुकुमारी राई पनि जंगली च्याउ खाएर बिरामी भएका छन् ।

उनिहरुको पनि बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं