ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जान सुकेटारबाट तल्लो फेदि सम्मको बाटोमा तीर्थयात्रीले सास्ति भोग्र्दै आएका थिए । बाटो कच्चि हुँदा सबै सवारी जान सक्दैन थिए । तर, अब तीन वर्ष भित्र यो समस्याबाट तीर्थयात्रीले मुक्ति पाउने भएका छन् ।
ताप्लेजुङको सुकेटार देखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म कालोपत्रे गर्न टेण्डर खुलेको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोपत्रे गर्ने ठेक्का निकालेर पछि कालोपत्रे हुने अब निश्चित भएको हो ।
मन्त्रालयले यसका लागि ९५ करोडको ठेक्का निकालेको मन्त्री बसन्तकुमार नेम्वाङ्ले जानकारी दिए । उनका अनुसार कालोपत्रेको काम तीन वर्ष भित्रै सक्ने तयारी गरिएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको घर सुकेपोखरी छातेढुगा, ईवा, ह्वाकु, चोकपुर हुँदै जननेता मदन भण्डारीको जन्म घरसम्म जोड्ने सडक खण्ड कालो पत्रे गर्नका लागि ७० करोडको करोडको ठेक्का आह्वान भएको छ ।
यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत पर्यटन विभागमार्फत पाथिभरा क्षेत्रमा पाथीभरा क्षेत्रमा सतहल निर्माणको लागी दुई करोड तेतिस लाखको टेण्डर स्वीकृत भइ ठेक्का सम्झौता गर्ने भएको छ ।