Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । कोरोना संक्रमण विरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ ।

अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो ।

यस अघि फाइजर तथा जर्मनी कम्पनी बायोएनटेकले अमेरिका, क्यानडा तथा युरोपियन युनियनका १२ वर्ष माथिका बालबालिकालाई खोपको आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेको छ ।

उनीहरुलाई वयस्क जस्तै ३० माइक्रोग्राम खोप दिइनेछ । १२ वर्ष मुनिका बालबालिकाको हकमा ५ देखी ११ वर्षसम्मकालाई १० माइक्रोग्राम तथा ६ महिना देखि ५ वर्षसम्मकालाई ३ माइक्रोग्राम खोप दिइने जनाइएको छ । ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई यही साता देखि खोप दिइने छ ।

उनीहरुमा गरिएको परीक्षणको नतिजा आगामी सेप्टेम्बरमा आउने र सो पश्चात अक्टोबरमा आकस्मिक प्रयोगकालागि अनुमति मागिने फाइजरका प्रवक्ताले जनाएका छन् ।

तर २ देखि ५ वर्षका बालबालिकामा गरिएको परीक्षणको नतिजा भने सो अगावै आउने जनाइएको छ । ६ महिना देखि २ वर्षसम्मका बालबालिकामा गरिने परीक्षणको नतिजा भने अक्टोबर वा नोभेम्बरमा आउने फाइजरले आशा राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं