Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । मोरङको बेलबारीबाट कारमा पेस्तोल र गोली राखेर केराबारी पुगेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित मंगलबारसाँझ पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा लिम्बूलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गोलीसहित एक पुरुषलाई केराबारी गाउँपालिका–९ कुसुमेबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेका लिम्बू को १ च ८३६८ नम्बरको कारभित्र हतियार र गोली राखेर बेलबारीबाट कुसुमेस्थित आफन्त गणेशबहादुर लिम्बूको घरमा पुगेका थिए ।

गणेशबहादुरकै घरबाट उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारभित्र पेस्तोल र गोली फेला परेको एसपी खड्काले बताए । प्रहरीले यस विषयलाई लिएर गणेशबहादुरसँग पनि सोधपुछ गरिरहेको छ ।

खड्काका अनुसार हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको छ । हतियार र गोलीसहित पक्राउ परेका लिम्बूविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी उनले दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं