Lite Nepal

बुधबार, जेठ २६, २०७८

विराटनगर । दोस्रो भेरियन्ट सुरु भएयता प्रदेश १ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ट्राफिक प्रहरीमध्ये झन्डै आधा मोरङका रहेका छन् । हालसम्म प्रदेश १ मा कार्यरत ३७ जना ट्राफिक प्रहरी संक्रमित बनिसकेका छन् ।

प्रदेशभरि संक्रमण पुष्टि हुनेमा प्रहरी निरीक्षक (इन्सपेक्टर) एक, नायव निरीक्षक (सइ) दुई, सहायक निरीक्षक (असइ) तीन, हवल्दार आठ, प्रहरी जवान २० र एक जना कार्यालय सहयोगी रहेका छन् ।

संक्रमण यकिन भएकामध्ये झन्डै आधा संख्या मोरङका रहेका छन् । १४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी मोरङमा ट्राफिक प्रमुख इन्सपेक्टरसहित १७ जनामा संक्रमण पुष्टि भइसकेको छ । ट्राफिक प्रहरीभित्र पीसीआर परीक्षण गर्दा मोरङमा इन्सपेक्टर, सइ र असइ एक÷एक, हवल्दार पाँच, जवान आठ र सहयोगी एक जना गरेर १७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

५० जना मात्रै कार्यरत रहेको मोरङमा एकै पटक ठूलो संख्यामा ट्राफिक संक्रमित हुँदा नियमित काम कारबाही प्रभावित बनेको छ । जनशक्ति अभावले निषेधाज्ञाको पालनादेखि लिएर नियमित काम प्रभावित बनिरहेको हो ।

मोरङपछि सबैभन्दा बढी झापामा १२ जनामा कोरोना देखिएको छ । मोरङ र झापाबाहेक सुनसरीमा चार, प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा दुई, ताप्लेजुङ र उदयपुरमा एक÷एक जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा कार्यरत ट्राफिक प्रहरीमा भने हालसम्म कोरोना देखिएको छैन । प्रदेशभित्र चार सय ३३ ट्राफिक प्रहरी कार्यरत छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा