झापा । झापा बिर्तामोड १० ठुटेबर चोकमा एक बालकको करेन्ट लागेर मृत्यू भएको छ ।
मृत्यू हुनेमा स्थानीय कुमार गुरुङका ३ बर्षीय छोरा अभिनास गुरुङ रहेका छन् ।
बुधबार बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका बालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना विषयमा प्रहरी अनुसन्धान गरिरहेको छ ।