Lite Nepal

बुधबार, जेठ २६, २०७८

पाँचथर । पाँचथरमा श्रीमानको किरियामा बसेका बेला आगोले जलेर घाइत वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीमान भगीरथ सापकोटाको किरियामा बसेका बेला सिलिण्डर ग्यास लिक भएर आगो लाग्दा जलेर घाइते भएकी फिदिम नगरपालिका–४ की ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको हो ।

सोमबार राति भएको आगालागीको घटनामा घाइते भएकी बृद्धालाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा लगिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जलेर चनमायासहित छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा पनि घाइते भएका थिए । घाइते छोराहरुको भने मेची अस्पतालमै उपचार भइरहेको छ ।

भगीरथको दाहसंस्कारपछि किरियामा बसेका बेला पानी तताउन ग्यास बाल्ने क्रममा आगो सल्किएर घटना भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा