Lite Nepal

बुधबार, जेठ २६, २०७८

पाँचथर । पाँचथरमा श्रीमानको किरियामा बसेका बेला आगोले जलेर घाइत वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीमान भगीरथ सापकोटाको किरियामा बसेका बेला सिलिण्डर ग्यास लिक भएर आगो लाग्दा जलेर घाइते भएकी फिदिम नगरपालिका–४ की ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको हो ।

सोमबार राति भएको आगालागीको घटनामा घाइते भएकी बृद्धालाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा लगिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जलेर चनमायासहित छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा पनि घाइते भएका थिए । घाइते छोराहरुको भने मेची अस्पतालमै उपचार भइरहेको छ ।

भगीरथको दाहसंस्कारपछि किरियामा बसेका बेला पानी तताउन ग्यास बाल्ने क्रममा आगो सल्किएर घटना भएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं