विराटनगर । माईती नेपालले ईलाका प्रहरी कार्यालय रानीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
नागरिकको सुरक्षामा अग्रपंक्तिमा रहेर काम गर्ने प्रहरीलाई १ हजार थान मास्क र ५ लिटर सेनिटाईजर बितरण गरिएको माईती नेपाल विराटनगरका संयोजक बिनोद पोखलले जानकारी दिए ।
उनका अनुसार माईती नेपालले रानीमा रहेर नागरिकको सुरक्षामा ध्यान दिएकोमा प्रहरीलाई धन्यवाद दिएका थिए ।
अप्ठेरो अबस्थामा नागरिकको सेवामा चौबिसै घण्टा खटिएका प्रहरीलाई उनीहरुको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको पोखरेलले बताए ।
र्ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउतले सीमामा रहेर मानव ओसारपसारसँगै अप्ठेरोमा स्वास्थ्य सामाग्री बाँडेर सामाजीक रुपमा माईती नेपालले महत्वपुर्ण सेवा गर्दै आएको बताए ।