Lite Nepal

बिहिबार, जेठ २७, २०७८

उदयपुर । जंगली बँदेललाई थापेको बिद्युतीय धरापमा पर्दा उदयपुरका एक जनाको ज्यान गएको छ ।

जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि वँदेल तर्साउन आफैले थापेको बिद्युतीय धरापमा परी बिहीबार त्रियुगा नगरपालिका ९ राजाबासका ५४ बर्षिय जगदिश पोखरेलको ज्यान गएको हो ।

बुधबार राती आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतिय धराप विहान निकाल्न जाँदा करेन्ट लागि घाईते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारकोक्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइ घटनाको थप अनुसन्धान भईरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं