Lite Nepal

बिहिबार, जेठ २७, २०७८

विराटनगर । कोभिड–१९ उपचार सेवा सम्झौता गरेका निजी अस्पतालले कोरोना संक्रमितबाट शुल्क लिएको पाइएमा दर्ता खारेज गर्ने चेतावनी सरकारले दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुले संक्रमितसँग शुल्क लिएको पाइएमा निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाउने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

संक्रमित वा संक्रमितका आफन्तले सःशुल्क सेवा लिने भनी अस्पतालसँग लिखित रुपमा मञ्जुरीनामा गरेको अवस्थामा मात्रै सःशुल्क उपचारको व्यवस्था गर्न निजी अस्पतालहरुलाई मन्त्रालयले भनेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं