Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

झापा । झापाको छुट्टा छुट्टै दुई स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएकी उनको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याउदा मृत्यु भईसकेको थियो ।

त्यस्तै बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रा स्थित महेन्द्र धिमालको खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जा मोरङ बेलबारी नगरपालिका ४ का १४ बर्षीय सन्देश धिमालको करेन्ट लागेर मृत्यू भएको हो ।

करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजानै क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा