Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

विराटनगर । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे ।

किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका छन् ।

तर प्रधानमन्त्री भने विरोधकाबीच पनि आफ्नो अडानबाट पछि हटेनन् । किराँती समुदाय मात्रै नभएर सिंगो मुलुकले नै यसको विरोध गरेपनि अन्ततः सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटमा खुवालुङ फुटाउन बजेट नै विनियोजन ग¥यो ।

केन्द्र सरकारको आगामी आर्थिक वर्षको बजेट
‘कोसी चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइनेछ’ आगामी आर्थिक वर्षको बजेटको ३०४ औं बुँदामा भनिएको छ ।

सरकार कुनै सम्प्रदायको आस्था मास्न यसरी लागिपरेको भन्दै अहिलेसम्म पनि सरोकारवालाहरुले विरोध गर्न छाडेका छैनन् ।

तर केन्द्र सरकारले बजेटमा खुवालुङ फुटाउने बारे बनाएको योजनालाई प्रदेश सरकारले भने काउन्टर दिएको छ ।

केन्द्र सरकारले बजेट छुट्याएको २ साता पनि नबित्दै बिहीबार प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा खुवालुङको संरक्षण गर्दै त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना ल्याएको हो ।

नीति तथा कार्यक्रमको १३५ औं बुँदामा भनिएको छ ‘किराँती संस्कृति, सभ्यता र मुन्धुमसँग जोडिएको सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगाको संरक्षण गर्दै जल यातायातसँगै त्यस क्षेत्रलाई ऐतिहासिक धार्मिक एवं सांस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ ।’ प्रदेश सरकारको यो नीतिले केन्द्रको बजेटलाई भने काउन्टर दिएको छ ।

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम
खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ ।

करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् ।

तर किरात समुदायको सांस्कृतिकस्थल रहेकाले अभियन्ताहरुले जेटबोट चलाउन वैकल्पिक उपाय खोज्न दबाब दिँदै आएका छन् ।

खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ ।

करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् । अनलाईन खबर

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा