Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

सुर्खेत । लोपोन्मुख राउटे समुदायले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग भेटेर राउटे समुदायको संरक्षण गर्न आग्रह गरेका छन् ।

उनिहरुले मुख्यमन्त्रीसँगको भेटका क्रममा राउटे समुदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि पनि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनिहरुको समस्या सुनेका मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाध्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने बताए ।

मुख्यमन्त्री शाहीले शुक्रबारनै खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाइ निर्देशन समेत दिए ।

भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीको पनि सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं