Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

सुर्खेत । लोपोन्मुख राउटे समुदायले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसँग भेटेर राउटे समुदायको संरक्षण गर्न आग्रह गरेका छन् ।

उनिहरुले मुख्यमन्त्रीसँगको भेटका क्रममा राउटे समुदायमा दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि पनि अनुरोध गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उनिहरुको समस्या सुनेका मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाध्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने बताए ।

मुख्यमन्त्री शाहीले शुक्रबारनै खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाइ निर्देशन समेत दिए ।

भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीको पनि सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा