Lite Nepal

शुक्रबार, जेठ २८, २०७८

इलाम । कोभिड–१९ महामारीका कारण पर्यटकिय क्षेत्र ठप्प छन् । सडकमा चहल पहल कम छ । तर, पुन यो क्षेत्र चलायमान भने अवस्य हुने छ ।

यसलाई मध्यनजर राख्दै इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले यो समयमानै कन्याम लगायत अन्य पर्यटकिय क्षेत्रलाई सजाएको छ ।

अहिले कन्यामले आफ्नो मुहार फेरेको छ । पर्यटकले सधैं खचाखच रहने कन्याम चियाबारीमा नगरले थप पूर्वाधार निर्माण समेत गरेको छ ।

संघीय सरकारसँगको सहकार्यमा नगरले यस क्षेत्रको मेची राजमार्गलाई फराकिलो बनाउँदै सौन्दर्यीकरण गरेपछि कन्याम निकै आकर्षक देखिएको छ ।

सूर्याेदय नगरपालिकाको अवधारणाअनुसार नगर र डिभिजन सडक कार्यालयले कन्यामको मेची राजमार्ग फराकिलो बनाएसँगै यहाँ सौन्दर्य थपिएको हो ।

हरियो चियाबारीलाई बीचबाट चिरेको फराकिलो मेची राजमार्ग ट्राफिक संकेत लाइनले सौन्दर्य थपेको छ । सडकको छेउ–भित्तामा रंगरोगन गरिएको छ । ठाउँ–ठाउँमा सोलार बत्तीसमेत राखिएपछि कन्याम आकर्षक भएको छ ।

फिक्कलदेखि कन्यामसम्मको मेची राजमार्ग फराकिलो बनाउँदै सौन्दर्यीकरण गर्न करिब १० करोड रुपैयाँको काम भइरहेको मेयर रणबहादुर राईले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा