Lite Nepal

शनिबार, जेठ २९, २०७८

काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिको चर्को विरोध भएपछि माफि मागेका छन् ।

शनिबार उनले प्रधानमन्त्रीप्रति लक्षित गरी प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको स्वीकार गर्दै माफी मागेका हुन् ।

वैद्यले भनेका छन्,‘बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८÷०२÷२८ गते मैले संसदको रोष्टममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा सम्मानीय प्रधानमन्त्री ज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएको केही शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको मैले महसुश गरेको छु ।’

वैद्यले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुख समक्ष अनुरोध गरेका छन् ।

उनले शनिबारको संसद् बैठकमा लिखित पत्र पढ्दै भनेका छन्, ‘सम्मानीय प्रधानमन्त्री माथि मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दल नेपाली काग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैँले पनि आफूले बोलेको कुरा विभिन्न सामाजिक सञ्जालमा उपलब्ध भिडियो हेर्दा कुटनीति र संसदीय मर्यादा विपरित रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत लोकतान्त्रिक अभ्यासमा प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष अनुरोध गरेको जानकारी गराउँदछु ।’

उनले पार्टीको नीति र संस्कृतिको पालना गर्दै संसदीय मर्यादाको पालना गर्न प्रतिबद्ध रहेको बताए । ‘मैले बोलेको कुराले सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया धेरै भयो, आफूलाई लागेको कुरा संसदमा निर्धक्क बोल्न पाउने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं