Lite Nepal

आइतबार, जेठ ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्दैछ।

आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ। हाल जारी निषेधाज्ञा सोमबार सकिँदैछ।

जारी निषेधाज्ञामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अब भोलिदेखि लागू हुने निषेधाज्ञामा उक्त समय १ घन्टा बढाएर १० बजेसम्म पुर्‍याउने तयारी गरिएको छ।

निषेधाज्ञा थपिए पनि पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी रहेको छ। यस्तै विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने बताइएको छ। त्यसका लागि निश्चित समय तोकिनेछ।

जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने तयारी रहेको बताइएको छ। १६ बाट वैशाख जारी निषेधाज्ञा पछिल्लो पटक ३१ जेठसम्म लम्ब्याइएको थियो।

यसअघि निषेधाज्ञामा किराना तथा खाद्यान्न पसल संचालनमा केही खुकुलो बनाएको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेकाले अहिले नै निषेधाज्ञा खुलाउन नहुने विज्ञहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा