Lite Nepal

आइतबार, जेठ ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्दैछ।

आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ। हाल जारी निषेधाज्ञा सोमबार सकिँदैछ।

जारी निषेधाज्ञामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अब भोलिदेखि लागू हुने निषेधाज्ञामा उक्त समय १ घन्टा बढाएर १० बजेसम्म पुर्‍याउने तयारी गरिएको छ।

निषेधाज्ञा थपिए पनि पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी रहेको छ। यस्तै विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने बताइएको छ। त्यसका लागि निश्चित समय तोकिनेछ।

जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता लम्ब्याउने तयारी रहेको बताइएको छ। १६ बाट वैशाख जारी निषेधाज्ञा पछिल्लो पटक ३१ जेठसम्म लम्ब्याइएको थियो।

यसअघि निषेधाज्ञामा किराना तथा खाद्यान्न पसल संचालनमा केही खुकुलो बनाएको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेकाले अहिले नै निषेधाज्ञा खुलाउन नहुने विज्ञहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं