Lite Nepal

आइतबार, जेठ ३०, २०७८

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ४ का ७५ वर्षे वृद्धको गएराति हत्या भएको छ ।

जोरसाल बजार सिरानमा घर भएका टेकबहादुर लिम्बूको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार उनको टाउको र शरीरमा विभिन्न भागमा गम्भीर चोट लागेको छ । टेकबहादुरकी श्रीमती कालिमाया पक्षघात सहितको बिरामी रहेकाले घटना बारेमा बिहान मात्र जानकारी आएको बताइएको छ ।

प्रहरीका अनुसार त्यस घरमा टेककबहादुर र श्रीमती मात्र बस्ने गरेका थिए । उनका छोरा–बुहारी पहिलेबाट नै घर बाहिर बस्दै आएका छिमेकी बिनोद श्रेष्ठले बताए । श्रेष्ठका अनुसार टेकबहादुर सेवा निर्भीक इण्डियाका लाहुरे हुन् ।

घटना कसले र किन ग¥यो भन्ने केहि खुल्न सकेको छैन । प्रहरीले अहिले घर शिल्ड गरेर अनुसन्धान थालेको छ ।

संघीय प्रहरी कार्यालय धरानदेखि तालिमप्राप्त कुकुरसहितको अनुसन्धाका लागि खाटाइने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डम्बर विश्वकर्माले बताए

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा