Lite Nepal

आइतबार, जेठ ३०, २०७८

विराटनगर । अमेरिका र क्यानडामा प्रतिबन्ध लगाइएको बेबी पाउडरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै प्रयोग नगर्न चिकित्सकले सुझाव दिएका छन् ।

‘उक्त बेबि पाउडर नेपाली आमाहरुले छोरारछोरीलाई नुहाएपछि जिउ र गुप्तागंमा पाउडर दलिदिन्छन्। यसो गर्दा उनको शरीरबाट बास्ना आउँछ सफा देखिन्छ भन्ने विचार होला,’ चिकित्सक डा।अरुणा उप्रेतीले सेतोपाटी अनलाइनमा प्रकाशित एक लेखमा भनेकि छन्, ‘तर, वास्तवमा यस्तो पाउडरले हानी गर्छ। अमेरिकामा ‘जोनसन एण्ड जोनसन’को पाउडर अहिले बेचिन्न। किनभने त्यहाँ केही महिलाहरूलालई यो पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयो।’

सन् २०२०, १९ मे मा ‘जोनसन एण्ड जोनसन’ले बेबीको पाउडरलाई अमेरिका र क्यानडाका बजारबाट हटायो। तर, त्यही पाउडर नेपाल, भारत र बंगलादेशमा सहजैसँग बिक्री भइरहेछ। अफ्रिका राज्यको कङ्गोमा पनि त्यहाँको सरकारले नोबेम्बर, सन् २०२० मा आफ्नो देशभित्र बेबी पाउडरको विज्ञापन गर्न, बेच्न रोक लगायो ।

‘जोनसन ऐन्ड जोनसन’ शिशु पाउडरमा मिसाइएको तत्व महिला तथा बालबालिकाहरूलाई हानिकारक मानिँदै आएको छ। हजारौं महिलाहरूले उक्त कम्पनीलाई उक्त पाउडर प्रयोग गरेर क्यान्सर भएको भनेर अदालतमा मुद्दा लगाएका थिए,’ उप्रेतिको लेखमा उल्लेख छ, ‘मुद्दा अनुसार माहिलाहरूको क्यान्सर भएर मृत्यु भएको थियो। त्यही मुद्दामा २२ जना महिलाहरूले मुद्दा दायर गरेका थिए।’

बच्चाहरूलाई प्रयोग गर्ने पाउडरमा ‘एबसटस’ले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले त्यस्तो पाउडर प्रयोग नगर्नु भनेर अमेरिकन भोजन र औषधी प्रशासनले नोटिस निकालेपछि ‘जोनसन एण्ड जोनसन’ नामक कम्पनीलाई विभिन्न व्यक्तिहरूबाट दुई हजार भन्दा बढी मुद्दा लाग्यो। तर, नेपालमा पनि औषधी व्यवस्था विभागले जनस्वास्थ्यलाई खासै चासो दिएको पाइएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा