Lite Nepal

आइतबार, जेठ ३०, २०७८

विराटनगर । ज्ञानेन्द्र शाही सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका एक व्यक्ति हुन् । उनका हजारौं फ्यान छन् र उनी तिनै फ्यानको सपोर्टमा बोल्ने गर्छन् ।

तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण भयो । यसअघि २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो ।

सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने शाही निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेकाहरुलाई राहत बाँड्न भन्दै शुक्रबार सुर्खेत पुगेका थिए । त्यही क्रममा आफू र आफ्ना सहयोगीहरुमाथि शुक्रबार राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको शाहीको भनाइ छ ।

सुर्खेत प्रहरी प्रमुख राजेन्द्र भट्ट भने शाहीको समूहमाथि आक्रमण भएको नभई दुई पक्षबीच झडप भएको बताउँछन् । झडपमा संलग्न भएको भन्दै पाँच जनालाई नियन्त्रणमा लिएको भन्दै भट्टले भने, ‘दुई पक्षबीच झडप भएको थियो ।

ज्ञानेन्द्र शाहीले भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउने गर्छन्, सरकारी कार्यक्रमहरुमा अनुगमन गर्न भन्दै पुग्छन् । उनको भिडियो युट्युबमा चर्चाको विषय बन्छ । निषेधाज्ञाको बेलामा खाद्यान्न र राहत पनि बाँडेको उनी बताउँछन् ।

यद्यपि उनी बेलाबेलामा विवादमा आउने गर्दछन् । २०७६ जेठमा साइबर अपराधको आरोपमा सुर्खेतबाट पक्राउ परेका थिए । उनले आफूलाई हिरासतमा यातना दिइएको आरोपसमेत लगाए । तर त्यो आरोपको प्रहरीले खण्डन ग¥यो ।

२०७६ भदौमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेपछि उनी थप विवादमा आए । हवाईजहाजलाई कुराएर निर्धारित समयमा उड्न नदिएको भन्दै शाहीको समूहले भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरियो ।

भट्टराईले समयमा हवाईजहाज उड्न नसकेकोमा क्षमा मागेका थिए । सो घटनाबारे जानकारी दिन ललितपुरमा पत्रकार सम्मेलन गर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

२०७६ असोजमा उनीमाथि चितवनको चौबीसकोठीको एक कार्यक्रममा कुटपिट भएको थियो । भ्रष्टाचारविरोधी कार्यक्रम गर्दा तत्कालीन नेकपाका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।

शाही आबद्ध भएको एक समूह ‘नेपालको लागि नेपाली अभियान’ले २०७६ मंसिर ११ मा उनलाई निष्कासन ग¥यो । हाल शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामबाट गतिविधि गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा