Lite Nepal

आइतबार, जेठ ३०, २०७८

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई र मिक्लाजुङमा ३–३, लेटाङ, बेलबारी र जहदामा २–२, केराबारी, बुढीगंगा र रंगेलीमा १–१, झापाको विर्तामोडमा २९, शिवसताक्षीमा १७, दमकमा १०, अर्जुनधारामा ९, कनकाईमा ७, हल्दिबारीमा ५, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, मेचीनगर र बा¥हदशीमा ३–३, गौरीगञ्ज, कचनकवल, भद्रपुर र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २७, दुहवीमा ७, धरानमा ६, रामधुनीमा ३, बराहक्षेत्र र गढीमा २–२, हरिनगर, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पाँचथरको फिदिममा २८, तुम्मेवा, याङवरक, फालेलुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा १७, त्रियुगामा ५, बेलका र उदयपुरगढीमा १–१, सोलुखुम्वुको नेचासल्यानमा ८, माप्यदुधकोशीमा ५, संखुवासभाको धर्मदेवी, खाँदबारी र स्थानीय तह नखुलेका ३, इलामको इलाम नगरपालिका, चुलाचुली र फाकफोकथुममा १–१, धनकुटाको शहिदभूमी र भोजपुरको हतुवागढीमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५ हजार ६७८ पुगेको छ । संक्रमित भएका मध्ये ४८ हजार ८८० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार ७५१ रहेको मन्त्रालयले जनाएको छ । आज ३०९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४५ महिला र १९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा