Lite Nepal

आइतबार, जेठ ३०, २०७८

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।

प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो। सुरुमा लैला कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो। लैला हत्या भएको घरबाट फिदिम २ पल्लोटातर्फ दौडिएको थियो । पल्लोटार पुगेपछि लैला अलमलियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार अन्य कुकुर आएपछि लैला अलमलिएको हो ।

दोस्रो चरणमा परिचालन गरिएको पिकु नामक कुकुरले हत्या भएको घर मुनिको खेतमा बढी जोड दिएको थियो। कुकुरले दिएको संकेत र घटनाको प्रकृतिका आधामा थप अनुसन्धान हुने प्रहरीले बताएको छ ।

प्रहरीले केही मान्छेलाई घटनाको बारेमा सोधपुछ गरिरहेको छ । वृद्धको शवलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं