Lite Nepal

सोमबार, जेठ ३१, २०७८

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति अन्त्यको धरान नागरिक दबाब सञ्जाल सक्रिय भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रतिष्ठानमा छापा मारेको छ ।

आयोगको इटहरीस्थित कार्यालयका निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले आइतबार प्रतिष्ठानमा छापा मारेर प्रतिष्ठानविरुद्ध परेका उजुरीबारे सोधपुछ गरेको हो ।

आयोगको टोली आइतबार बिहान ११ बजे प्रतिष्ठान पुगेको थियो । टोलीले शिक्षाध्यक्ष डा.गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्त्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयहरूमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए ।

प्रतिष्ठानसँग सम्बन्धित धेरै उजुरी आयोगमा परेको भएपनि प्रभाबकारी अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको छ ।

टोलीले खरिद तथा मूल्याङ्कन शाखाबाट केही कागजातहरू लिएर गएको छ । यसबारेमा अख्तियारले अनुसन्धानको क्रममा रहेको भन्दै केही जानकारी दिएको छैन ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भएको अनियमितता छानबिन गर्न र त्यससँग सम्बन्धित कागजात लिन आयोगको टोली फेरि पनि प्रतिष्ठान आउने बताइएको छ ।

पछिल्लो समयमा प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक दबाब सञ्जालले जेठ २४ गते प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र बुझाएको थियो ।

अख्तियारले प्रतिष्ठानमा छापा मारिरहँदा प्रतिष्ठानका उपकुलपति भने झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौंमा छन् ।

गिरी उपकुलपति भएर आएपछि प्रतिष्ठानमा भ्रष्टाचारले चरम सिमा पार गरेको र बेथिति मौलाएको भन्दै नागरिक समाजले दबाबमुलक अभियान चलाइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा