काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।
समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिएका छन्। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ ।
सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको रिजालले बताए। आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।
सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।
प्रेस विज्ञप्ति
(१) नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको जेठ २९, २०७८ को बैठकको निर्णय अनुसार, पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पु¥याई विवाद रहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि, नेपाली कांग्रेसको आधिकारिक वेवसाइट धधध।लभउबष्अियलनचभकक।यचन मा सार्वजनिक गरिएको छ । यस अघि १०१ स्थानको सार्वजनिक गरी सकिएको व्यहोरा अवगत नै छ ।
प्रदेश नं. १
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ मोरङ—१ नवीकरण÷नयाँ
२ मोरङ—२ नवीकरण÷नयाँ
३ मोरङ—३ नवीकरण÷नयाँ
४ मोरङ—४ नवीकरण÷नयाँ
५ मोरङ—६ नवीकरण÷नयाँ
६ सोलुखुम्बु नवीकरण÷नयाँ
७ सुनसरी—२ नवीकरण÷नयाँ
८ धनकुटा नवीकरण÷नयाँ
प्रदेश नं. २
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ सिरहा—१ नवीकरण÷नयाँ
२ सिरहा—२ नवीकरण÷नयाँ
३ सिरहा—४ नवीकरण÷नयाँ
४ महोत्तरी—३ नवीकरण÷नयाँ
५ सर्लाही—२ नवीकरण÷नयाँ
६ सर्लाही—३ नवीकरण÷नयाँ
७ सर्लाही—४ नवीकरण÷नयाँ
८ रौतहट—१ नवीकरण÷नयाँ
९ रौतहट—२ नवीकरण÷नयाँ
१० रौतहट—४ नवीकरण÷नयाँ
११ पर्सा—१ नवीकरण÷नयाँ
१२ पर्सा—२ नवीकरण÷नयाँ
१३ पर्सा—३ नवीकरण÷नयाँ
१४ धनुषा—२ नवीकरण÷नयाँ
१५ धनुषा—३ नवीकरण÷नयाँ
१६ धनुषा—४ नवीकरण÷नयाँ
बागमती प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ काठमाडौं—२ नवीकरण÷नयाँ
२ काठमाडौं—३ नवीकरण÷नयाँ
३ काठमाडौं—५ नवीकरण÷नयाँ
४ काठमाडौं—६ नवीकरण÷नयाँ
५ काठमाडौं—७ नवीकरण÷नयाँ
६ काठमाडौं—८ नवीकरण÷नयाँ
७ काठमाडौं—९ नवीकरण÷नयाँ
८ काठमाडौं—१० नवीकरण÷नयाँ
९ मकवानपुर—१ नवीकरण÷नयाँ
१० भक्तपुर—१ नवीकरण÷नयाँ
११ ललितपुर—१ नवीकरण÷नयाँ
१२ ललितपुर—३ नवीकरण÷नयाँ
१३ नुवाकोट—१ नवीकरण÷नयाँ
१४ नुवाकोट—२ नवीकरण÷नयाँ
१५ धादिङ—२ नवीकरण÷नयाँ
१६ रामेछाप नवीकरण÷नयाँ
गण्डकी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ तनहुँ—२ नवीकरण÷नयाँ
२ स्याङ्जा—१ नवीकरण÷नयाँ
३ स्याङ्जा—२ नवीकरण÷नयाँ
४ पर्वत नवीकरण÷नयाँ
५ मुस्ताङ नवीकरण÷नयाँ
६ नवलपुर—२ नवीकरण÷नयाँ
लुम्बिनी प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ बाँके —१ नवीकरण÷नयाँ
२ रुपन्देही—१ नवीकरण÷नयाँ
३ रुपन्देही—३ नवीकरण÷नयाँ
४ रुपन्देही—४ नवीकरण÷नयाँ
५ दाङ—१ नवीकरण÷नयाँ
६ दाङ—२ नवीकरण÷नयाँ
७ दाङ—३ नवीकरण÷नयाँ
कर्णाली प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ जुम्ला नवीकरण÷नयाँ
२ सुर्खेत—१ नवीकरण÷नयाँ
३ सुर्खेत—२ नवीकरण÷नयाँ
४ डोल्पा नवीकरण÷नयाँ
५ सल्यान नवीकरण÷नयाँ
सुदूरपश्चिम प्रदेश
क्र.सं. जिल्ला÷क्षेत्र विवरण
१ अछाम—२ नवीकरण÷नयाँ
२ कैलाली—१ नवीकरण÷नयाँ
३ कैलाली—२ नवीकरण÷नयाँ
४ कैलाली—४ नवीकरण÷नयाँ
५ कैलाली—५ नवीकरण÷नयाँ
६ बझाङ नवीकरण÷नयाँ
७ बैतडी नवीकरण÷नयाँ
(२) आज सार्वजनिक गरिएका र यस अघि सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा यस समितिको नाममा पार्टीको इमेल ठेगाना मार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले २०७८ आषाढ ६ गतेभित्र स–प्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्नेछन् । आषाढ ६, २०७८ पछि प्राप्त भएका उजुरी उपर कुनै सुनुवाई हुने छैन । साथै, यस सम्बन्धमा कुनै जानकारी चाहिएमा टेलिफोन नं. (९८५१०४४०६५ — डा. प्रदिप पराजुली, ९८५११२९०७८ — केशव रिजाल र ९८५११२४१९८ — रामचन्द्र घिमिरे) मा सम्पर्क गर्न सबैको जानकारीका लागि सूचित गरिन्छ ।
(३) सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाण सहित त्रुटि सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि २०७८ आषाढ ६ गतेभित्र नै लेखि पठाउनु पर्नेछ ।
(४) केन्द्रबाट क्रियाशील सदस्यताको प्रस्तावित नामावली सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफू अन्तर्गतका वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी, क्रियाशील सदस्यताको कम्प्युटर इन्ट्री गरेको प्रस्तावित नामावलीको प्रमाणित (नयाँ तर्फको प्रतिनिधि सभा क्षेत्रले र नवीकरण तर्फको जिल्लाले) सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) जम्मा गरेको भौचर÷आवश्यक कागजात विवरण, क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र जिल्ला कार्यसमितिले आफ्नो जिल्ला भरिको क्रियाशील सदस्यता सम्बन्धी केन्द्रबाट पठाइएको परिपत्र बमोजिमको र सम्पूर्ण प्रक्रिया पुर्याइ उल्लेखित सम्पूर्ण कागजात विवरण एक हप्ताभित्र अनिवार्य केन्द्रमा (भौतिक उपस्थितिमा बुझाउन सम्भव भए सोही अनुसार सक्कल कागजात तत्काल केन्द्रीय कार्यालयमा र आउन सम्भव नभए, पार्टीको इमेल ठेगाना वेभसाइटमा पठाउनु हुन जानकारी गराइन्छ ।
जय नेपाल !
केशव रिजाल
सचिव
केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति