Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या ७० हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाका दैनिक नयाँ संक्रमितको यो संख्या गत मार्च ३१ यताकै सबैभन्दा कम हो ।

भारतमा आइतबार १४ लाख ९२ हजार १५२ नमुना परीक्षण गरिएको थियो । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९५ लाख १० हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ९२१ जनाको मृत्यु भएको छ । महाराष्ट्रले यसअघिको मृतक संख्या अपडेट गर्दा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै देखिएको हो ।

महाराष्ट्रमा एकैदिन २ हजार ७७१ मृतक संख्या थप भएको हो । पछिल्लो २४ घण्टामा मृत्यु भएका २८४, गत साता मृत्यु भएका १९९ र बाँकी २ हजार २८८ सोभन्दा अगाडि नै मृत्यु भएकाको संख्यामा थप गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं