Lite Nepal

सोमबार, जेठ ३१, २०७८

ताप्लेजुङ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सान्थाक्राका २५ वर्षिय धनबहादुर लुहारलाई पक्राउ गरेको छ ।

मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका लुहारले गत जेठ १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले पक्राउ गरेको हो ।

जाहेरीका आधारमा लुहारलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कैलाश कुमार अधिकारीले जानकारी दिए ।

उनलाई प्रहरी चौकी सान्थाक्राका प्रहरी हवल्दार देवी खवासको टोलीले घरैबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

लुहारलाई ताप्लेजुङ जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं