Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर । गत वर्ष असार २८ गते राति संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरो जाँदा ९ घर पहिरोमा बगे । सुतिरहेको अवस्थामा आएको पहिरोसँगै बगेका ११ जना अझै बेपत्ता छन् ।

पहिरो गएको ११ महिना बितिसकेको छ । फेरि मनसुन भएको छ । तर यो एक वर्षमा पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । राज्यले घर निर्माण गरेर पुनस्र्थापना गर्न नसक्दा प्रभावित परिवार टेन्टमै बस्न बाध्य भएका हुन् । सरकारबाट आफन्त बेपत्ता भएवापत क्षतिपूर्ति पाएका परिवारले ओत लाग्ने छानो पाएका छैनन् ।

उता प्रभावित गाउँका बासिन्दा भने घर बग्ने हो कि भन्ने चिन्तामा छन् । ‘हिउँदमा घरमै आएर बसियो, तर पानी पर्न थालेपछि धेरै डर लाग्छ,’ स्थानीय बृखबहादुर राईले भने, ‘घर बगेकाहरु टेन्टमै बसेका छन्, हामी गाउँ आयौं, तर अब गाउँ छोड्नुपर्छ होला ।’

उनका अनुसार गत वर्ष पहिरो गएको स्थानमा वैशाख यता साना–साना पहिरो गइरहेका छन् । जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएको उनले बताए । गत वर्ष घर बगेकाहरु सिलिचोङ–१ कै चित्रे भन्ने स्थानमा बसेका छन् ।

बेसिन्दामा ११८ परिवार रहेको पालिकाको तथ्याङ्क छ । तीमध्ये अधिकांश परिवार जोखिम मोलेर बसेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं