Lite Nepal

सोमबार, जेठ ३१, २०७८

काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।

एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । एक नेताका अनुसार सम्वाद भने सकारात्मक बन्दै गएको छ । ‘ठोस सहमति नभएसम्म भन्न सकिन्न । तर सकारात्मक वातावरण बनेको छ’, ती नेताले भने ।

अध्यक्ष ओलीले बनाएको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि छलफल झनै सघन बनेको छ । कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले मात्रै कारबाही गर्नसक्ने भनी २७ जेठमा सर्वोच्च अदालतले आदेश दिएको थियो ।

त्यसपछि नै प्रदेश १ र वाग्मतीमा एमालेको दुवै समूह एकठाउँ उभिएर नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाउँदै मुख्यमन्त्रीबाट पदमुक्त भएपनि एमाले सांसदहरु एक ठाउँ उभिएका थिए ।

त्यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा माधव समूहका सांसदहरुले विपक्षीसँग गठबन्धन गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा