Lite Nepal

सोमबार, जेठ ३१, २०७८

विराटनगर । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ३२ अर्ब हाराहारीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

बजेटको तयारी लगभग पूरा भएको मन्त्रालय स्रोतले बतायो । मंगलबार बस्ने प्रदेशभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रस्तुत गर्नेछन् ।

उनी प्रदेशसभाको बजेट प्रस्तुत गर्ने दोस्रो मन्त्री हुनेछन् । गैर सांसदको रुपमा प्रस्तुत गर्ने पहिलो मन्त्री बन्नेछन् ।

तत्कालिन माओवादी केन्द्र संसदीय दलका नेता आङ्बुहाङ नेकपा विभाजनपछि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको थियो ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखिएको बजेटमा नयाँ र महत्वकाङ्क्षी योजनालाई प्राथमिकता नदिने मन्त्री आङ्बुहाङले बताएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं