Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो ।

आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।

कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने छ । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।

असार १५ सम्म विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरेर विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने जिम्मेवारी विद्यालयले पूरा गर्नुपर्नेछ ।

सरकारले कोरोना सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं