Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

दमक । झापाको दमककी छात्रा सेजल कोइरालाको बला*त्कारपछि ह*त्या भएको दाबी गरिएको छ ।

इलाम मंगलबारे घर भएकी सेजलको उनकै प्रेमीले बला*त्कारपछि हत्या गरेको पीडित परिवारको दाबी छ ।

पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको बलात्कारपछि ह*त्या गरिएको दाबी गर्दै जाहेरी दिएको छ । ‘प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले बला*त्कारपछि ह*त्या भएको देखाउछ,’ सेजलका बुबा सरोज कोइरालाले भने, ‘आज (मंगलबार) बला*त्कारपछि हत्या गरेको दाबी गर्दै जाहेरी दिएको छौं, प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।’

सेजल दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन । उनको गत बिहीबार मृत्यु भएको थियो । दमक प्रहरीले ह*त्यामा संलग्न रहेको आरोमा सेजलका प्रेमी स्थायी ठेगना भोजपुर घर भई हाल दमकमा बसोबास गर्ने अरुण राईलाई नियन्त्रणमा लिएको छ ।

‘बिहीबार दिउँसो नै छोरीको ह*त्या भएको रहेछ,’ बुबा कोइरालाले भने ‘हत्या पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।’

सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बोहोस अवस्थामा फेला परेकी थिइन् । सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । ह*त्याको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

बलात्कार पछि ह*त्या गरेको पुष्टि भए मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भए अनुरुप बला*त्कारमा १० वर्ष र ह*त्यामा २५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा