Lite Nepal

बुधबार, आषाढ ०२, २०७८

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

बजेट ल्याएको भोलिपल्टै उनले आफ्नै मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

बजेटको प्राथमिकता र कार्यान्वयनका विषयमा जानकारी दिन उनले पत्रकार सममेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रदेश १ ले चालु आर्थिक वर्षको तुलनामा बजेट घटाएर ल्याएको छ ।

राजस्व स्रोतको सुनिस्चितता नभएकाले प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेटको आकार घटाएर ल्याएको हो ।

गतवर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ ले यसपटक ८ अर्ब ४३ करोड कम बजेट ल्याएको छ ।

ठूलो आकारको बजेट ल्याउँदा चालु आर्थिक वर्षमा प्रदेश सरकारलाई स्रोत जुटाउन समस्या भएको थियो ।

मंगलबार प्रदेश १ सभामा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं