Lite Nepal

बुधबार, आषाढ ०२, २०७८

विराटनगर । प्रदेश १ सरकारले मनसुनको सुरुवातसँगै उत्पन्न हुनसक्ने प्राकृतिक विपत्तिको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विपत पूर्वतयारी थालेको छ। मनसुन शुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप शुरु भएलगत्तै प्रदेश १ सरकारले पनि विपत पूर्वतयारीका लागि आवश्यक तयारी थालेको हो ।

प्रदेश १ का तराईका जिल्लाहरुमा बढी र डुबान तथा पहाडी र हिमाली जिल्लामा पहिरोको कारण वर्षेनी ठुलो जनधनको क्षति हुँदै आएको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीले हिक्मत कार्कीले आज मन्त्रालयमा प्रदेश सुरक्षा समन्वय समितिको बैठक राखी मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न हुने प्रकृतिक विपत्तिको पूर्व तयारीको अवस्थामा रहन तीनै वटै सुरक्षा प्रमुखका अंगका प्रमुखलाई निर्देशन दिएका छन् ।
विपत व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष समेत रहेको मन्त्री कार्कीले प्रदेश १ पनि प्रकृतिक विपत्तिको उच्च जोखिममा पर्ने भएकाले मनसुन शुरु भएसँगै विपतको पूर्वतयारीमा रहन निर्देशन दिएको बताए ।

बाढी, डुबान र पहिरोको समस्या भएको खण्डमा त्यसको क्षति न्यूनीकरण गर्दै तत्काल फसेका नागरिकलाई उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सहयोगका लागि नेपाली सेना समेत उद्धारमा परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीले पहिलो पटक प्रदेश सरकारले हेलिकोप्टरको प्रयोग गरी विपदमा फसेका नागरिकको उद्धारका लागि सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा हेलिकप्टर तयारी अबस्थामा राख्ने निर्णय गरेको जानकारी दिए । त्यसका लागि मन्त्रालयले आजै गृह मन्त्रालयलाई पत्राचार समेत गरेको मन्त्री कार्कीले बताए ।

प्रदेश सरकारले बाढी, डुबान तथा पहिरोमा परेकाको उद्धार तत्काल गर्न नसक्दा मानविय क्षति हुने गरेको निष्कर्षसहित पहिलो पटक संघीय सरकारको समन्वयमा प्रदेश सरकारको पहलमा बाढी, डुबान तथा पहिरोमा फसेका नागरिकको उद्धार हेलिकप्टरमार्फत गर्ने योजनासहित तयारीमा लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं