Lite Nepal

बिहिबार, आषाढ ०३, २०७८

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका ३ मा भिरबाट टिफर खस्दा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।

अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथीभरा कन्ट्रक्सनद्धारा सञ्चालनमा रहेको बा ५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भट्टराइको घटनास्थलमानै मृत्यू भएको हो ।

ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ घाइते भएका छन् ।

बुधबार बेलुका ९ बजे टिफरबाट ढुङ्गा अनलोड गर्ने क्रममा पछाडी सार्दा ट्रिफर अनियन्त्रीत भई भिरबाट करिब ३ सय मिटर तल अरुण नदीको बगरमा झरेको थियो ।

घाइतेको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं