Lite Nepal

बिहिबार, आषाढ ०३, २०७८

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता (भ्रष्टाचार) को उच्च स्तरीय समति गठन गरेर छानविन गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली समक्ष यहाँका चिकित्सक र कर्मचारीले माग गरेका छन् ।

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रधानमन्त्री समक्ष उक्त आग्रह गरेका हुन् ।

पछिल्लो समय राजनीतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको भन्दै चिकित्सक र कर्मचारी प्रतिष्ठान सुधारको माग गर्दै तीनदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजामा विरोध प्रर्दशन गरेका हुन् ।

प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा। मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं