Lite Nepal

बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले सर्वोच्च अदालतमा जवाफ पठाएको छ। बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै शीतल निवासले संविधानको धारा ७६ (५) अनुसार केपी ओली र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नसकेको उल्लेख गरेको छ।

राष्ट्रपति कार्यालयको जवाफमा ओली र देउवालाई संविधानले नै प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुला नगरेको उल्लेख गरिएको छ। राष्ट्रपतिको कार्यालयको तर्फबाट निमित्त सचिव रुपनारायण भट्टराईले सर्वोच्चमा पत्र पठाएका हुन्।

‘संविधानको धारा ७६ को उपधारा (५) मा उल्लेख भए बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी एकिन गर्ने अधिकार र कर्तव्य स्वयम् राष्ट्रपतिको हो’, सर्वोच्चलाई पठाएको जवाफमा भनिएको छ, ‘राष्ट्रपतिबाट धारा ७६ बमोजिम प्रधानमन्त्रीको नियुक्तिको निर्णय हुनुपर्ने संवैधानिक संरचना रहेकाले त्यही बमोजिम हुँदै आएको छ।

धारा ७६ (१), (२) (३) र (५) को सरकार गठनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्री वा अन्य कुनै निकाय वा पदाधिकारीको सिफारिस वा मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्दैन। त्यो अधिकार राष्ट्रपति स्वयंबाट राष्ट्रप्रमुख एवं संविधानको संरक्षकको हैसियतले प्रयोग र पालना हुने विषय हो।’

दुवैपक्षको दाबीलाई हेर्दा प्रतिनिधिसभामा विश्वासको मत पाउने आधार नदेखिएपछि दुवैको दाबी नपुग्ने निर्णय भएको जवाफमा उल्लेख गरिएको छ।

(पूर्णपाठ)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा