Lite Nepal

शुक्रबार, आषाढ ०४, २०७८

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । पछिल्लो समय गठबन्धनले हरेक विषय साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न उठाएका थिए ।

केन्द्रीय सदस्य महेश आचार्यले पार्टीमा छलफल नगरी गठबन्धनको धारणा आएको भन्दै प्रश्न उठाएका थिए भने डा। शेखर कोइरालाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

तर शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा