Lite Nepal

शनिबार, आषाढ ०५, २०७८

विराटनगर । पाँचथरकी सात वर्षीय बालिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार शिक्षाको स्वरमा गीतको किड्स भर्जन सार्वजनिक भएको हो । शिक्षाको यो पहिलो गीत हो ।

रिमा स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन मनोज खड्काले गरेका छन् ।

श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको गीतका मुल गायक लक्ष्मी सृजन बजगाई हुन् ।

शिक्षाले गाएको गीतलाई संगीतकार नारायण रायमाझीले सार्वजनिक गरेका हुन् ।

जीवन धमलाको शब्द, नारायण रायमाझीको संगीत रहेको यो गीतको किड्स भर्जन शुक्रबार सार्वजनिक भएको हो ।

गीत सार्वजनिक गर्दै संगीतकार रायमाझीले शिक्षालाई संसारको माया लिएर ठूलो कलाकार बन्नु भन्दै शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा